काठमाडौं,२२ कार्तिक । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज सातौं चरणको अन्तिम खेल हुँदैछ । भारतको पूणेस्थित महाराष्ट्र क्रिकेट मैदानमा हुने खेलमा साविक विजेता इङ्ल्याण्ड र नेदरल्याण्ड्सले एक अर्कासँग भिड्दैछन् ।
आजको खेल अघिनै विश्वकपको सेमिफाइनलमा पुग्ने तीन टिमको टुंगो लागिसकेको छ । शीर्ष स्थानमा रहँदै भारत विश्वकपको सेमिफाइनलमा पुग्दा अष्ट्रेलिया र दक्षिण अफ्रिकालेृ दोस्रो र तेस्रो स्थानमा रहँदै सेमिफाइनल यात्रा तय गरिसकेका छन् । भने अब एक टिमको टुंगो लाग्न बाँकी रहेको छ । जसमा बंगलादेश, अफगानस्तान, पाकिस्तान र न्यूजिल्याण्ड दाबेदार रहेका छन् ।
साविक विजेतको पगरी गुथेर मैदानमा उत्रिएको इङ्ल्याण्ड भने अप्रत्याशित नतिजा निकाल्दै विश्वकपको उपाधि होडबाट बाहिरिसकेको छ । आजसम्म खेलेका खेलमध्ये केवल एकमा मात्रै जित निकालेको उ समूह चरणको अन्तिममा रहेको छ । उसको केवल २ अंकमात्रै रहेको छ । भने अर्कोतर्फ नेदरल्याण्ड्सको पनि हालत उस्तै रहेको छ। उसले पनि हालसम्म २ खेलमा मात्रै जित निकाल्दै नवौं स्थानमा रहेको छ ।