Logo

०७२ को भूकम्पमा पहिलो उद्धारमा खटिएको भारतले जाजरकोट र रुकुम पश्चिममा पनि दिल खोलेर सहयोग गर्यो



काठमाडौं, २२ कार्तिक । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुको राहत र पूननिर्माणको लागि भारतले उल्लेखनीय सहयोग पुर्याउने भएको छ । भारतको छिमेक पहिलो प्राथमिकतामा छ । यसअघि २०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पमा पनि भारत उद्धार, राहत र पूननिर्माणमा खटिने पहिलो देश बनेको भारत यसपटक जाजरकोट र रुकुम पश्चिममा पनि पीडितहरुको उद्धार कार्यमा सहजता प्रदान गर्न सुरुदेखि नै खक्रिय भएको छ ।

भारत सरकारले पहिलो खेममा १० करोड (भारु) बराबरको अत्यावश्यक सहयोग–सामाग्री हस्तान्तरण गरेको थियो । नेपाल सरकारका उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई उक्त सहयोग सामाग्री हस्तान्तरण गरिएको थियो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नै ती सहयोग सामाग्री उपप्रधानमन्त्री खड्कामार्फत हस्तान्तरण गरेका हुन् ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिका समाचार बाहिरिनेबित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै नेपाललाई चाहिने सबैखाले सहयोग गर्ने घोषणा गरेका थिए । भारतले बाँकेको नेपालगञ्जमा जहाज पठाएर ती सहयोग सामाग्री प्रदान गरेको हो । मोदीले सामाजिक सञ्जाल एक्समा भनेका थिए,‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिले निकै मर्माहत भएको छु ।

भारत नेपाली जनतसँग ऐक्यबद्धता जनाउँदै हरसम्भव सहयोगको लागि तयार रहेको छ । शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइेतहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ भारतले संकटको बेलामा नेपाललाई सबैखाले सहयोग पुर्याउँदै आएको छ । यसपटकको भूकम्पको बेला पनि भारत सरकारले हृदय खोलेर सहयोग पुर्याएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालदेखि सरकारका सबै मन्त्रीहरुले धन्यवाद दिएका छन् ।

खासगरी भूकम्प प्रभावित क्षेत्रमा खटिएका रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जामन्त्री शक्तिबहादुर बस्नेतदेखि पूर्वमन्त्री जनार्दन शर्मा, पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, नेपाली कांग्रेसका सांसद राजीव विक्रम शाहल, स्थानीय सरकारका प्रमुखहरुले भारतको सहयोगप्रति खुशी व्यक्त गरेका छन् । भारतले दोस्रो खेपको सहयोग सामाग्री पनि प्रदान गरिसकेको छ । अहिले अरु देशले पनि धमाधम प्रतिबद्धता जनाएअनुसार सहयोग सामाग्री प्रदान गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्