Logo

प्रधानमन्त्री प्रचण्डलाई मधेश प्रदेश सरकारको चूनौति, एक महिनाभित्र माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी



काठमाडौं, २२ कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले केन्द्र सरकारलाई एक महिनाको अल्टिमेटम दिएका छन् । उनले प्रहरी समायोजनालगायतका अधिकार प्रत्यायोजन गर्न ढिलाई गरेको भन्दै अब एक महिनाभित्र माग पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

मुख्यमन्त्री यादवले यसअघि नै काठमाडौंमा आएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफूहरुको माग पूरा गर्नको लागि दबाब दिएका थिए । तर, प्रधानमन्त्री दाहालबाट कुनै सुनुवाई नभएको कारण हिजो (मंगलबार) सर्वदलीय बैठक राखेर दबाब दिने निर्णय गराएका थिए ।

त्यसको भोलिपल्टै आज (बुधबार) जनकपुरधामस्थित मधेश भवनमा प्रदेश सरकारले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी गराएको हो । निजामती ऐन र प्रहरी समायोजनका लागि संघीय सरकारलाई एक महिनाको अल्टिमेटम दिने निर्णय भएको मुख्यमन्त्री यादवले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्