Logo

मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्ग विशेष अभियान सञ्चालन गर्ने एमालेको निर्णय



काठमाडौं,२२ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर १४ गतेबाट मध्यपहाडि लोकमार्ग विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी मूख्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले तीन साता लामो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने बताईएको छ।

सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेको एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्