Logo

एमालेले डाक्यो केन्द्रीय कमिटीको बैठक



काठमाडौं,२२ कार्तिक । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी मंसिर ६ गतेका लागि बैठक बोलाउने निर्णय गरेको हो ।

आसन्न केन्द्रीय कमिटीको बैठकमा एमालेले मंसिर १४ गतेबाट सुरु गर्न लागेको मध्यपहाडि लोकमार्ग विशेष अभियानलाई प्रभावकारी र नतिजामूलक बनाउन आवश्यक कार्य तय गर्ने बताईएको छ ।

एमालेले पूर्वको चिवाभञ्ज्याङदेखि पश्चिमको झुलाघाटसम्म तीन साता लामो अभियान सञ्चालन गर्ने निर्णय भईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्