Logo

एमालेमा ६ केन्द्रीय सदस्यको पद रिक्त



काठमाडौं,२२ कार्तिक । नेकपा एमालेमा ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको छ ।

बुधबार बसेको एमाले सचिवालयको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा रिक्त रहेका ६ जना केन्द्रीय सदस्यको बारेमा जानकारी गराएका हुन् ।

ज्ञवालीका अनुसार एमालेमा कैलाश ढुंगेल, मायानाथ अधिकारी, विनोद ढकाल, गुलावजंग शाह, कृष्णप्रसाद दाहाल, हरि रिजालको पद रिक्त रहेको छ । उनीहरु भर्खरै सम्पन्न भएको प्रदेश अधिवेशनमा उम्मेवार बनेका उनीहरु मध्ये ढुंगेल बागमती, शाह कर्णालीको अध्यक्षमा चयन भएका छन् भने अन्य सबै प्रदेश अध्यक्षमा पराजित भएका छ्न ।

एमालेको विधानमा प्रदेश अध्यक्ष पदेन पोलिटब्यूरो हुने व्यवस्था रहेको छ । एमालेको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेद्वार भएमा पद रिक्त भएको मानिने छ।



प्रतिक्रिया दिनुहोस्