Logo

एनएफपीजे नेपाल र सम्यक डाइग्नोष्टिकबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता



काठमाडौं, कार्तिक २३ । राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे) ले ललितपुर जावलाखेलस्थित सम्यक डाइग्नोष्टिक प्रा.लि.संग सहकार्य सम्बन्धी सम्झौता गरेको छ ।

बुधबार सम्यक डाइग्नोष्टिकको जावालाखेल स्थित कार्यालयमा सम्यकका अध्यक्ष डा. केयूर गौतम र एनएफपीजेका वरिष्ठ उपाध्यक्ष सुशीलकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि एनफपीजेका सदस्यहरुलाई सम्यक डाइग्नोष्टिकले आफ्ना परीक्षणहरुमा सहुलियत प्रदान गर्नेछ ।

अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसको अवसरमा पारेर गरिएको उक्त सम्झौतामा एनफपीजेको परिवारका सदस्यहरुले पनि छुट पाउने उल्लेख छ । सम्झौता हस्ताक्षर पश्च्यात आफ्नो प्रतिक्रिया राख्दै सम्यकका अध्यक्ष तथा वरिष्ठ प्याथोलोजिष्ट डा. गौतमले ‘अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसकै अवसर पारेर संचारकर्मीहरुसँग यो सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘यसबाट थोरै भएपनि फोटो पत्रकार र उहाँहरुको परिवारका सदस्य लाभान्वित हुनुहुनेछ ।’

त्यसैगरी एनएफपिजे नेपालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अब एनएफपिजे नेपालका सदस्य मात्र नभएर तिनिहरुका परिवार समेतले बेलैमा आफ्नो स्वास्थ्य परिक्षण गराएर स्वस्थ्य रहनमा सहयोग पुग्ने बताए ।

एनफपीजे २६ वर्षअघि गठन भएको नेपालमा कार्यरत फोटो पत्रकारहरुको साझा संगठन हो । सन् २०१४ मा स्थापना भएको सम्यक डाइग्नोष्टिक नेपालकै पहिलो आईएसओ प्रमाणित प्रयोगशाला हो । सन् २०१५ मा गुणस्तरका लागि १५१८९ प्राप्त गरेदेखि नै प्रयोगशालाले विश्वसनीय रिपोर्ट प्रदान गर्दै आएको छ । सम्यकले अन्तर्राष्ट्रिय गुणस्तरको रिपोर्ट प्रदान गर्नुका साथै नेपालमा प्रयोगशाला सम्बन्धी नवीन प्रविधी भित्र्याउन पनि भूमिका खेल्दै आएको छ ।

‘विश्वसनीय एवं अन्तर्राष्ट्रिय प्रविधीको प्रयोगसहितको प्रयोगशाला रिपोर्टहरु द्रुत गतिमा उपलब्ध गराउनु हाम्रो प्रमुख विशेषता हो,’ अध्यक्ष डा. गौतमले भने, ‘कुनै पनि बिरामी वा बिरामीका अभिभावकहरुलाई समयमै सही प्रयोगशाला रिपोर्ट प्रदान गर्दा यसबाट उहाँहरुको चिकित्सकीय सेवा एवं उपचार समयमै प्राप्त गर्न सहज हुन्छ ।’ सम्यकले नेपालमा अन्य सरकारी र गैरसरकारी प्रयोगशाहरुको स्तरोन्नतीका लागि पनि भूमिका खेल्दैं आएको छ ।

राष्ट्रिय फोटो पत्रकार समुह नेपालले स्थापनाकाल देखि नै आफ्नो सदस्यहरुको हक, हित र सुनिश्चित भविश्यको लागि विभिन्न माध्यमबाट आवाज उठाउँदै आई रहेको छ । यस संस्था फोटो पत्रकारहरुको साझा संगठन हो । देशैभरी छरीएर फोटो पत्रकारितामा सक्रिय फोटो पत्रकारहरु विगत २६ वर्षदेखि यही संस्थालाई आफ्नो पेशागत छाता संगठन मानि आबद्ध रहेका छन् ।

यसरी देशैभर छरिएर रहेका फोटो पत्रकारहरुले देशको धार्मिक, संस्कृतिक र प्रकृतिक मनोरम तस्वीरहरु आफ्ना क्यामारामा कैद गरि संचारमाध्यमाबाट प्रकाशित गरि देशको पर्यटन, धार्मिक, संस्कृतिकको जगेर्ना गर्न पुर्याएको योगदानलाई कसैले नकार्न सक्दैनन् ।

यस संस्थाले फोटो पत्रकारिताको विकासका लागि विभिन्न सरोकारवालाहरुसँग सहकार्य गरी फोटो पत्रकारितालाई विकास गर्न सहयोग गर्दै आएका छ । ‘एउटा तस्वीरले हजार शब्दको वर्णन गर्न सक्दछ’ भन्ने आम मान्यता छ । तस्बिर खिच्ने परम्परागत विधिमा आज ठूलो परिवर्तन आएको छ ।

विज्ञान तथा प्रविधिको विकासले ल्याएको परिवर्तनसँगै फोटो पत्रकारितामा समेत अनेकन नयाँ आयाम विकसित भइरहेका छन् । सहज प्रविधिको प्रयोगले खिच्दाखिच्दै गरेको तस्वीर सम्बन्धित सञ्चार माध्यममा पुग्ने र एकाध क्षणमा नै प्रकाशित हुने गरेको छ । जतिसुकै राम्रो समाचार सामग्री बनाइए पनि त्यसमा तस्वीर छैन भने त्यसको सान्दर्भिकता नरहने अवस्था सिर्जना भएको छ । नेपालको पर्यटन प्रवद्र्धन गर्नुमा सबैभन्दा ठूलो भूमिका फोटोको पनि छ । फोटो पत्रकारिता र नेपालका उत्कृष्ट गन्तव्यहरुको फोटोले गर्दा नै विश्वका पर्यटकहरु नेपाल घुम्न आउने गरेका छन् ।

नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको फोटोकै कारण आन्तरिक तथा बाह्य पर्यटक नेपालमा वर्षेनी आउँछन् । तर ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यहरुसँगै नयाँ र केही फरक गन्तव्य पनि पछिल्लो समय पर्यटकको रोजाईमा पर्ने गरेका छन् । जसको मुख्य परिणाम हो, फोटो । फोटो पत्रकार र आधुनिक प्रविधिको सहायताले नयाँ गन्तव्यका उत्कृष्ट फोटोहरु बाहिरिँदा पर्यटक आकर्षणमा विविधता थपिएको छ ।



प्रतिक्रिया दिनुहोस्