Logo

एन्फाको साधारणसभा आज, अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुने



काठमाडौं,२३ कार्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा हेटौँडामा सुरु भएको छ ।

उच्च सुरक्षासहित बिहान १० बजेदेखी हेटौँडा(४ स्थित रोयल पार्टी प्यालेसमा विशेष साधारणसभा सुरु भएको हो ।

साधारण सभामा अध्यक्ष पंकज नेम्वाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव एकमात्र एजेन्डा रहेको छ ।

गत असोज १७ गते बसेको एन्फा कार्यसमितिको बैठकले विशेष साधारणसभामा एकमात्र विषयका रुपमा नेम्वाङको बर्खास्तीका सम्बन्धमा निर्णायार्थ पेस गर्ने निर्णय गरेको थियो।

गत भदौ २५ गते ४९ सदस्य संस्थाले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेस गरेको थिए।

४९ सदस्यले अध्यक्ष र महासचिव किरण राईको बर्खास्तीको प्रस्ताव साधारणसभामा प्रस्तुत गर्ने भनिए पनि अध्यक्षको प्रस्ताव मात्र कार्यसमितिले निर्णय गर्ने अधिकार भएकाले सोही प्रस्ताव मात्र साधारणसभामा प्रस्तुत गर्ने निर्णय बैठकले गरेको थियो।

एन्फामा १ सय ५ मध्ये ८७ संस्थाका प्रतिनिधिसँग मताधिकार छ।

आजको साधारणसभामा बर्खास्तीका पक्षमा दुईतिहाइ पुगे नेम्वाङ पदमुक्त हुनेछन्।

यसअघि विशेष साधारणसभा रोक्न माग भए पनि उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नहुने आदेश दिएसँगै आज सभा हुन लागेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot