Logo

कोशी प्रदेश सभा बैठक सुरू, मुख्यमन्त्री कार्कीसँग प्रश्नोत्तर हुने



काठमाडौं,२३ कार्तिक । कोशी प्रदेशको प्रदेश सभा बैठक सुरु भएको छ । प्रदेश सभाहल विराटनगरमा भर्खरै बैठक सुरु भएको हो ।

चौथो अधिवेशनको सातौं बैठकमा आज मुख्यमन्त्री केदार कार्कीसँग ८ जना सांसदहरुले प्रश्नउत्तर गर्ने कार्यसूची रहेको छ ।

मुख्यमन्त्रीलाई प्रश्न गर्नका लागि प्रदेशसभा सचिवालयमा आठ जनाले प्रश्न टिपाएका छन् । प्रदेशसभा बैठकमा प्रश्नउत्तरको पहिलो अभ्यास हुँदैछ ।

प्रदेशसभा सचिवालयले प्रश्न मुख्यमन्त्री केदार कार्कीलाई पठाइसकेको छ । मुख्यमन्त्रीले जवाफ दिने क्रममा प्रश्नकर्ताले पूरक प्रश्न पनि गर्न पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्