काठमाडौं,२३ कार्तिक । अभिनेत्री तथा मोडल दीपाशा बीसीको निधान भएको छ ।
स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।
‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको मृत्युको यकिन कारण भने खुलिनसकेको बताईएको छ ।