काठमाडौं,२३ कार्तिक । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतोलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
विभिन्न व्यक्तिको सामाजिक प्रतिष्ठामा आँच पुर्याउने गतिविधि गरेको आरोपमा पक्राउ परेका उनलाई आज काठमाडौं जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
युटुवर मनोजले सामाजिक सञ्जाल टीकटक र फेसबुकमा आफ्नो तस्विर तथा श्रब्य दृष्य दुरुपयोग गरी चरित्र हत्या गर्ने उदेश्यले प्रकाशरण गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो । मनोजको नागरिकतामाथि समेत प्रश्न उठेको बताइएको छ ।