काठमाडौं,२३ कार्तिक । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन भएको छन् । नेपाल क्रिकेट संघ क्यानले आज १ दशकदेखि कप्तान रहेकी रुविना क्षेत्रीलाई विश्राम दिएर इन्दु बर्मालाई कप्तान नियुक्त गरेको हो ।
क्यानले विन्दु रावललाइ उपकप्तानको जिम्मेवारी दिएको छ । हङकङका अर्को साताबाट हुने टी-२० सिरिज खेल्ने खेलाडीको घोषणा गर्दै क्यानले इन्दुलाई कप्तानको जिम्मोरी दिएको हो ।
टिममा यसअघि कप्तान रहेकी रुविनालाइ भने खेलाडीको रुपमा टिममा यथावत राखिएको छ । क्यानले आज घोषणा गरेको खेलाडीको सूचीमा इन्दु,विन्दु र रुविनाको अतिरिक्त अन्य सदस्यमा सिता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ र कन्चन श्रेष्ठ छन्।
यस्तै सोमु विष्ट, पुजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिनले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।