काठमाडौं, २३ कार्तिक । इ–ड्राइभ नेपाल विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक भएको छ । नेपाली सफ्टवेयर इन्जिनियरहरुको समूहले पहिलोपटक निर्माण गरेको उक्त सफ्टवेयरको आज सार्वजनिक गरिएको हो ।
‘प्रदुषणरहित सुन्दर सहर’ भन्ने नाराको साथ उक्त सफ्टवेयरको आज (बिहीबार) एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । नेकपा (एमाले) का सचेतक महेश बर्तौलालले सार्वजनिक गरेका हुन् ।
काठमाडौं उपत्यकाभित्र आफ्नै भाडाका विद्युतीय ट्याक्सीलाइ व्यवस्थापन गरि सफ्टवेयर मार्फत ग्राहकलाइ सहज सेवा दिन सुरु गरिएको इ ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले जानकारी दिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम