Logo

प्रदेशलाई अधिकार नदिए सिंहदरबारमा धर्ना बस्ने कोशीका मुख्यमन्त्री कार्कीको उद्घोष



काठमाडौं,२३ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन कञ्जुस्याईं गरेको आरोप लगाएका छन् ।

बिहीबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले उठाएको विभिन्न प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले संविधान बमोजिमका अधिकारहरु प्रदेश नपाएमा आफूहरु केन्द्रीय निकाय सिंहदरबारमै धर्ना दिन जानसमेत पछि नहट्ने उद्घोष गरेका हुन् ।

संविधानले दिएको अधिकार सूचीमा प्रदेश र स्थानीय तहले कानून बनाउन सक्ने भएपनि संघीय सरकारले अंकुश लगाएको मुख्यमन्त्री कार्कीको दाबी छ ।

‘हामीले हाम्रो अधिकार ल्याउनका लागि, जनतामा डेलिभरी दिनसक्ने गरी अधिकार ल्याउनका लागि संघीय सरकारले अधिकार कब्जा गरेर राखेको छ, छिटै अधिकार आएन भने वा वहाँहरूले तदारुकता देखाउनु भएन भने म आफैँ सिंहदरबारमा गएर मुख्यमन्त्रीको हिसाबले सिंहदरबारमै धर्ना दिन्छु ।’ मुख्यमन्त्री कार्कीले भने ‘अहिले पनि संविधान अनुसारका अधिकार प्रत्यायोजन गर्ने र कानुन बनाउन ढिलाई गरिरहनु भएको छ,। कहिले प्रदेशका माननीयहरूलाई ओज घट्ने गरी मर्यादाक्रम बनाउने र कहिले प्रदेशलाई होच्याएर व्यवहार गर्ने काम भइरहेका छन् ।’

बिहीबार मात्रै संघीय सरकराले अधिकार नदिएको भनदै मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आन्दोलन गेर्न घोषणा गरेका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण बुझाउन काठमाडौं आएका मुख्यमन्त्री यादवले ३० दिनभित्रमा संविधानले दिएका अधिकारहरु निर्वाधरुपमा प्रदेशले नपाएमा सिंहदरबारमै अनशन बस्नेसमेत चेतावनी दिएका छन् ।

उता बागमती प्रदेश सरकार पनि संघीय सरकरा विरुद्ध आन्दोलनमा उत्रिएको छ । प्रदेशले अधिकार नपाएको भन्दै बागमती प्रदेशका श्रम तथा रोजगारमन्त्री लक्ष्मण लम्सालले सर्वोच्च अदालतमा रिटसमेत दर्ता गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot