Logo

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?



काठमाडौं, कार्तिक २४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ १ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको छ ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९८ पैसा र बिक्री दर १६३ रुपैयाँ ७२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्