Logo

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गरौं : उप्रेती



काठमाडौं, २४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम समाजसेवी शोभित उप्रेतीले चाडवाडको बेला राष्ट्रिय एकता र समाजिक सद्भाव प्रवद्र्यन प्रेरित गतिविधि गर्न आग्रह गरेका छन् ।

दशैं, तिहार, छठलगायत राष्ट्रिय पर्वहरु र नेपाल सम्वत् ११४४ को अवसरमा शुभकामना व्यक्त गर्दै उप्रेतीले पारिवारिक, सामाजिक तथा राष्ट्रियस्तरमै एकता र सद्भाव कायम गर्न आग्रह गरेका हुन् ।

वर्षभरी आइरहने चाडपर्वहरु नेपाली संस्कृतिका मौलिक विशेषता भएको जनाउँदै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक बिशेषतायुक्त देशलाई एकताबद्ध राख्नुको विकल्प नभएको उल्लेख गरेका छन ।

देशमा मनाइने चाडपर्वहरुले विविधताबीचको एकता, समाजिक सद्भाव एवम व्यक्ति, परिवार र समाजलाई जोड्ने काम गर्दै आएको उनको भनाइ छ ।

चाडपर्वका बेला हुने पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलन राष्ट्रिय एकताको आधार भएकाले यसलाई अझै बलियो बनाउन उनले अपिल गरेकाछन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot