Logo

‘प्रधानमन्त्री र अर्थमन्त्रीको कुरानै मिलेको छैन, कसको कुरा पत्याउनु ?’



काठमाडौं,२४ कार्तिक । पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीको काम गर्ने शैली नमिलेसम्म अर्थतन्त्र लयमा नफर्किने दाबी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पूर्व अर्थमन्त्री पौडेलले अर्थतन्त्रको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको कुरा फरक परेकोले कसको कुरा पत्याउने भनेर जनतामा समेत अन्यौंलता रहेको बताए ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पौडेलले यस्तो बताएका हुन् । उनले जवसम्म प्रधानमन्त्री र अर्थमन्त्रीबीच कुरा मिल्दैन तवसम्म अर्थतन्त्रले सहि बाटो पहिल्याउन नसक्ने बताए ।

“केही समयअगाडि प्रधानमन्त्रीले निजी क्षेत्रसँग अर्थतन्त्र समस्यामा रहेको र अप्रेसन गर्ने बताउनु भयो । त्यतिखेर अर्थमन्त्री विदेशमा हुनुहुन्थ्यो, उहाँ त्यो समय नेपालको अर्थतन्त्र लयमा फर्किएको बताउँदै हुनुहुन्थ्यो । कसको कुरा पत्याउने ? ” उनले भने, “आज पनि अर्थमन्त्रीले अर्थतन्त्र लयमा फर्किएको बताउनु हुँदै छ । तर, प्रधानमन्त्रीले आजै अर्थतन्त्र समस्यामा रहेको र तिहारपछि गोडमेल गर्ने भन्दै हुनुहुन्थ्यो । त्यसको विषयमा अर्थमन्त्रीलाई थाहा छ कि छैन ?”



प्रतिक्रिया दिनुहोस्