काठमाडौं,२४ कार्तिक । नेपाल सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने गरेको निर्णयको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ ।
अध्यक्ष डा.बद्री केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले त्यहाँ रहेका २० हजार नेपालीले राहत पाउने जनाएको छ ।
संघले सन् २००८ देखि नै प्रत्येक वर्ष संस्थागत रुपमै दूतावास स्थापनाको लागि सरकारसँग माग गर्दै आएको तथा सन् २००९ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको आतिथ्यतामा लिस्वनमा भएको संघको तेस्रो क्षेत्रीय बैठकमा पोर्चुगलमा दूताबास स्थापना गर्नुपर्ने एजेन्डा घनीभूत रुपमा अघि सारिएको जनाएको छ ।
डेढ दशकदेखि संस्थागत रुपमै गरेको अथक पहलका बीच सरकारले गरेको पछिल्लो निर्णयबाट त्यहाँ रहेका २० हजारभन्दा बढी नेपालीहरुले राहत महसुस गरेको संघको विज्ञप्तिमा उल्लेख छ ।
पोर्चुगलमा दूतावास नहुँदा त्यहाँ रहेका नेपालीहरुले व्यहोर्दै आएको विभिन्न झन्झट समेत अन्त्य हुने विश्वास संघले लिएको छ ।
सरकारले पोर्चुगलमा आवासीय राजदूतावास स्थापना गर्ने र राजदूतमा सनिल नेपाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।