काठमाडौं, कार्तिक २४ । कार्तिक कृष्ण त्रयोदशी अर्थात् काग तिहार। विभिन्न परिकार खान दिई शनिबार कागको पूजा गरिँदैछ। शनिबार १७ घडी १३ पला अर्थात् अपराह्न १ बजेर १६ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान परेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए। सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पंक्षीको रूपमा कागको पूजा गरिन्छ।
कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मानिन्छ। कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ।