Logo

उद्धार र राहतमा अहोरात्र खटिएका सिनियर नेताहरूलाई तेजोबध गर्न अनेक प्रोपगन्डा भइरहेका छन् : माओवादी नेता



काठमाडौं, २५ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले भूकम्पपीडितको राहत वितरणमा एकअर्काको आलोचना गर्नुभन्दा एकताबद्ध भएर समाधान गर्नुपर्ने औंल्याएका छन् ।
‘प्रधानमन्त्रीको पहल कदमीमा भूकम्पपीडितको उद्धार प्रभावकारी रुपमा सम्पन्न भयो । राहत वितरण व्यवस्थित नभएको गुनासो सुनिएको छ । विकट स्थान छ । विपद्को पूर्वतयारी नहुँदा जटिलता आयो । ठूला मिडियाले उद्धार र राहतमा अहोरात्र खटिएका सिनियर नेताहरुलाई हौसला दिनेभन्दा पनि तेजोबध गर्ने र हतोत्साहित गर्ने हिसाबले प्रोपगन्डा गरिरहेका छन् । यस्तो बेला कसैले कसैलाई दोषारोपण वा आलोचना गर्नुभन्दा पनि धैर्यता नगुमाईकन एकताबद्ध भएर सामना गर्नुपर्दछ, काठमाडौं, २५ कात्तिक । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने । यो पार्टी, त्यो पार्टी, यो क्षेत्र, त्यो क्षेत्र भनेर मानवीय संवेदनहीनता देखायो भन्नु खेदजनक भएको पनि उनले बताए ।
नेता सापकोटाले जनता समस्यामा परेका बेला सरकार त्यसको सारथि बन्नुपर्ने औंल्याए । उनले भने, ‘सरकार भनेको प्रधानमन्त्री वा मन्त्री मात्र होइन, हामी सबै सरकार हौं । सरकारका लागि जनताभन्दा ठूला कोही छैन । जनतालाई समस्या परेका बेला त्यसको सारथि बन्नुपर्छ ।’
राहत वितरणमा एकद्वार प्रणालीलाई व्यवस्थित गरेर लानुपर्ने उनले बताए । सापकोटाले थपे, ‘२०७२ को भूकम्पका बेला के देखियो भने पहुँच र प्रभावका आधारमा कसैको घरमा उपरीमाथि थुपारी हुने, एउटै घरमा चारपाँचवटा टेन्ट हुने, चामलको बोराको चाङ लाग्ने स्थिति भयो । त्यसको अन्त्य गरेर एकद्वार प्रणालीलाई नै व्यवस्थित गरेर लानुपर्ने आवश्यकता छ ।’ अर्को प्रसंगमा उनले सर्वोच्च अदालतको न्यायाधीश छनोट पारदर्शी विधि र मापदण्डका आधारमा गरेर विवाद कम गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्