Logo

भूकम्प प्रभावित क्षेत्रमा रमिता होइन राहतको खाँचो : ईश्वर पोखरेल



धनकुटा, २५ कार्तिक । नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सरकारी बिशिष्ट व्यक्तिको लावालस्करले आतङ्क मच्चाएको बताएका छन् ।

प्रेस चौतारी धनकुटाले बिहिबार (२०८० कात्तिक २३ गते) जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको लावालस्करले पर्यटन आतङ्क खडा गरेको बताए ।

राहत लिएर जाने भन्दा पनि रमिता हेर्न जाने क्रम बढी भएकाले भूकम्प पीडितलाई थप समस्या बनाएको उनको भनाइ छ । विशिष्ट व्यक्तिको हेलिकप्टरको हावाले भूकम्प पीडितको टेन्ट उडाएको उदाहरण दिँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले रमिता हेर्न जानेको भन्दा राहत लिएर जानेको खाँचो रहेको बताए ।

भूकम्प पीडितलाई राहत र उपचारका क्रममा पनि राजनीतिक पूर्वाग्रह राखिएको गुनासो आएको भन्दै उहाँले सरकारले सबैलाई समान व्यवहार गर्नुपर्ने धारणा राखे । भूकम्प पीडितको सवालमा एमाले गम्भीर रहेको भन्दै नेता पोखरेलले एमालेले केही दिनभित्र एक हजार स्वयंसेवक सो क्षेत्रमा खटाएर प्रभावितहरुलाई पुनस्र्थापित गर्न सहयोग गर्ने जानकारी दिए ।

प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कटेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य राजेन्द्र राई, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, जिल्ला अध्यक्ष इन्द्रमणि पराजुली लगायत सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot