
काठमाडौं, २५ कार्तिक । गायिका रानी शाक्य र गायक सीडी बिजय अधिकारीको स्वरमा ‘लाउँदैन र माया’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । यो गीतमा गौरी काफ्ले र सीडी बिजय अधिकारीको शब्द र अधिकारीकै संगीत छ ।
गीत कर्णप्रिय पनि छ । यसको भिडियोलाई झनै आकर्षक बनाइएको छ । प्रहिल कार्कीको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा निक्स शर्मा र मोडल विना राउतको रोमान्टिक अवतार हेर्न सकिन्छ ।
फिल्मी शैलीको लाग्ने यो गीतको भिडियोमा माधव बेलवासेको सम्पादन, उत्तम हुमागाँइको छायांकन छ । फरक फरक शैलीका गीत दर्शकमाझ ल्याउन माहिर मानिएकी गायिका रानी शाक्यले यसपटक रोमान्टिक गीत तिहारको उपलक्ष्यमा दर्शकलाई उपहार स्वरुप सार्वजनिक गरेकी हुन् ।