Logo

भाटभटेनीद्धारा जाजरकोटका भूकम्प पीडितलाई १६८० बोरा चामल प्रदान



काठमाडौं, २५ कार्तिक । भाटभटेनी सुपरमार्केटले जाजरकोटका भूकम्प पीडितलाई १ हजार ६ सय ८० बोरा चामल राहतस्वरुप प्रदान गरेको छ । ४२ हजार किलो जिरा मसिनो चामल जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत भूकम्प पीडितलाई हस्तान्तरण गरिएको भाटभटेनीका क्षेत्रीय प्रबन्धक विनोद भट्टराईले जानकारी दिए ।

राहतस्वरूप प्रदान गरिएको चामलको कूल मूल्य ३५ लाख रुपैयाँ रहेको छ । सुपरमार्केटले यसअघि रुकुम पश्चिम जिल्लाका भूकम्प पीडितका लागि पनि चामल राहत स्वरूप पठाएको थियो । सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय १ रुपैयाँ सहयोग पनि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्