Logo

बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइका लागि सर्वोच्च अदालत आजपनि खुला



काठमाडौं,२६ कार्तिक । आइतबारबाट बिहीबार सम्म तिहार बिदामा पनि सर्वोच्च अदालत खुला रहने भएको छ । आजबाट कार्तिक ३० गतेसम्म बन्दी प्रत्यक्षीकरणका रिटमा सुनुवाइका लागि मात्र अदालत खुला रहने सर्वोच्च् प्रशासनले जनाएको छ ।

सर्वोच्चका अनुसार बुधबार भाइटिकाको दिनमात्र अदालत बन्द रहनेछ । त्यसबाहेक बन्दी प्रत्यक्षीकरणका रिटमाथि सुनुवाइ गर्न अदालतले विभिन्न न्यायाधीशलाई जिम्मेवारी तोकेको छ ।

सर्वोच्चका अनुसार बन्दी प्रत्यक्षीकरणको रिटमा आइतबार न्यायाधीश प्रकाशमानसिंह राउतले हेर्नेछन् भने सोमबार सपना प्रधान मल्ललाई जिम्मेवारी तोकिएको छ त्यस्तै मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलास बस्नेछ । बुधबार भाइटिकाको बिदा रहने र बिहीबार कुमार रेग्मीले उक्त जिम्मेवारी सम्हाल्नेछन् । भने त्यसपछि सर्वोच्चको काम कारबाही नियमित प्रक्रियामा चल्नेछ ।



प्रतिक्रिया दिनुहोस्