काठमाडौं, २६ कार्तिक । जाजारकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि गोल्ड स्टार सुजले जुत्ताचप्पल सहयोग गरेको छ ।
गोल्ड स्टानर सुजकी कार्यकारी निर्देशक विदुषी राणाले आज (आइतबार) प्रधानमन्त्री पुष्पकमल दाहाल भेटेरे ती सामाग्री हस्तान्तरण गरेकी हुन् ।
उनकाअनुसार ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता चप्पल भूकम्प प्रभावितका लागि सहयोग गरिएको हो । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुको लागि सहयोग निरन्तर आईरहेको छ ।