काठमाडौं,२६ कार्तिक । आइतबार बिहान नवलपरासीमा भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउने ६ जनामध्ये ४ जनाको सनाखत भएको छ ।
आइतबार बिहान ११ बजे नवलपरासीको देवचुली नगरपालिकाको गोरेघुम्तीमा भएको जीप दुर्घटना मृत्यु भएकामध्ये पूर्वी नवलपरासी बौदीकाली गाउँपालिका वडा नम्बर ६ का २९ वर्षीय जीप चालक छनबहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वानटकी मगर र बुलिंटार गाउँपालिकाकी १२ वर्षीया करिश्मा ठाडाको सनाखत भएको छ । अन्य २ जनाको आइतबार दिउँसोसम्म सनाखत हुन सकेको छैन ।
बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप गोरे घुम्तीमा दुर्घटनामा परेको थियो ।