Logo

भूकम्प प्रभावित क्षेत्रमा राहत पठाउन उपेक्षा नगरिएको गृहमन्त्री श्रेष्ठको दाबी



काठमाडौं,२६ कार्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जाजरकोट भूकम्पबाट प्रभावितका लागि सबै क्षेत्रमा समान ढंगले राहत सामग्री पठाएको दाबी गरेको छन् ।

आइतबार बसेको विपद व्यवस्थापन समितिको बैठकमा बोल्दै श्रेष्ठले राजनीतिक पहुँचका आधारमा राहत सामग्री पठाएको भन्ने दाबी सरासर गलत रहेको बताउँदै जाजरकोट, रुकुम पश्चिम र बझाङ गरी तीनै जिल्लामा आवश्यक्ताका आधारमा महत्वका साथ राहत पठाएको दाबी गरेका हुन् ।

‘हामीले एक क्षण, एक सेकेण्ड ढिलो नगरीकन हामीले पठाउन सकिने सम्पूर्ण त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्यांकेट, खाद्यान्नहरू पठाइराखेका छौं। राहतमा हाम्रो ध्यान गएको छ। हामीले हाम्रो साधन, स्रोतले सामानहरूको हकमा हामीले व्यवस्था गरेका छौं तर पुर्या‍उने साधन त चाहियो,’ उनले भने।

माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका पूर्व अर्थमन्त्री जनार्दन शर्माले जाजरकोटका लागि पठाएको राहत सामग्री सल्यानबाट रुकुमपश्चिम पुर्याएको आरोप लागेको छ । उक्त कार्यमा सरकार र स्वयं गृहमन्त्री श्रेष्ठलेसमेत समर्थन गरेको आरोप लाग्ने गरेको छ । तर, उपप्रधानमन्त्री श्रेष्ठले भने मिडियामा आाएको समचारमा कुनै सत्यता नभएको र सरकारले सबै पीडितहरुलाई बराबरी महत्व दिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot