काठमाडौं, कार्तिक २७ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन (हिजो साँझ) देशभर १४३८ मेगावाट युनिट विद्युत् खपत भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार यो वर्षको लक्ष्मीपूजाको दिन साँझ ६ बजे सबैभन्दा बढी विद्युत्को प्रयोग भएको जनाएको छ । यस वर्ष विद्युत्को प्रयोग गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।
गत वर्ष कात्तिक ७ गते लक्ष्मीपूजाको दिन १३०५ मेगावाट खपत भएको थियो । यसवर्ष विद्युत् मागलाई पूरा गरी ५१७ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको छ । गत वर्षको लक्ष्मीपूजाको दिन ४०६ मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो ।
तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो ।