Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर



काठमाडौं, कार्तिक २७ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मूद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसकार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आज पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ०७ पैसा रहेको छ । आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपेयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्