Logo

पोखरामा भिन्तुना र्‍यालीसहित नेपाल संवत्को स्वागत गरिँदै



कास्की, २७ कात्तिक । नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको संरक्षण तथा आपसी भाइचाराको विकास गर्ने गरी पोखरामा नेपाल संवत् (नयाँ वर्ष) ११४४ लाई भिन्तुना ¥यालीसहित भव्य स्वागतको तयारी गरिएको छ ।

नेवा खल : कास्कीले मौलिक तथा राष्ट्रिय संवत्को स्वागतका लागि यही कात्तिक २८ गते बजारका विभिन्न क्षेत्रमा जातीय सांस्कृतिक पोसाकसहित ¥यालीको आयोजना गनै लागिएको हो ।

नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनबाट नयाँ वर्ष प्रारम्भ हुने हुँदा हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरामा भिन्तुना ¥याली आयोजना गरिने नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

उनका अनुसार यही कात्तिक २८ गते बिहान ७ः३० बजे पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शङ्खधर शाख्वाको प्रतिमामा माल्यार्पण गरिनेछ । त्यसपछि कास्कीमा रहेका विभिन्न नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा कचाँ, नेवा मिसा पुचः लगायत विभिन्न जातीय समुदायको सहभागितामा पृथ्वीचोकबाट भिन्तुना ¥याली निकालिने छ ।

पृथ्वीचोकबाट सुरु हुने उक्त ¥याली नयाँबजार महेन्द्रपुल, तेर्सापट्टि हुँदै नेवा छेँ कै भवनमा पुगेपछि समापन गरिने अध्यक्ष पालिखेले जानकारी दिए । पोखरा र आसपासमा रहेका नेवारी समुदायको झाँकी, बाजा तथा वेशभुषाको प्रस्तुति र प्रचारप्रसार गर्ने उद्देश्यले ¥याली आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

¥यालीमा उत्कृष्ट हुने समुहमध्ये प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई रु सात हजार र तृतीय तथा सान्त्वना हुने समूहलाई नगद पाँच हजारका दरले पुरस्कारको समेत व्यवस्था गरिएको नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष अनिशा श्रेष्ठले जानकारी दिए । नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत् राष्ट्रिय विभुति शङ्खधर साख्वाले चलाएका हुन् ।

साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौँ, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल संवत् चलाएका हुन् । सरकारले नेपाल संवत्का प्रवद्र्धक साख्वालाई विसं २०५५ मा राष्ट्रिय विभूति घोषणा गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्