काठमाडौं, २७ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया सुरु गरेको बताएका छन् । यस वर्षको तिहार चेपाङ बस्तीमा मनाउनेगरि चितवन पुगेका मन्त्री किराँतीले भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् ।
उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा भएका अवरोध र समस्याहरु कम हुँदै गएपछि सरकारले निर्माणको प्रकृया अगाडि बढाएको स्पष्ट पारेका हुन् । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाईएपछि काठमाडौंको एयर ट्राफिक जामलाई कम गर्न सकिने बताए । file photo