Logo

सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहन्छ: प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, कार्तिक २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको मौलिक संवत नेपाल संवतले समृद्धि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने बताएका छन्। नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ नयाँ वर्ष शुभारम्भको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रिय विभूति शंखधर शाख्वाको स्मरण गरेका हुन्।

‘नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर शाख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय छ। नेपाल संवत् नेपालको मौलिक संवत् हो। जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता शंखधर शाख्वाले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसाल्नुभएको थियो। शंखधर शाख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवतका प्रवर्तक हुनुहुन्थ्यो। नेवारी समुदायमा जन्मिएर सिंगो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पु¥याउनुभएको योगदान हामी सबैका लागि प्रेरणादायी छ,’ प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्।

२१ औं शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्न सकिने प्रधानमन्त्री प्रचण्डले बताएका छन्। ‘यही यथार्थलाई आत्मसात् गर्दै मेरो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको तथ्य स्मरण गर्दै नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने मैले विश्वास लिएको छु,’ उनले भनेका छन्।



प्रतिक्रिया दिनुहोस्