Logo

आतसवाजी र पटाकाको धुँवाले वायु प्रदुषण बढेपछि दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी



काठमाडौं, कार्तिक २८ । भारतको राजधानी नयाँ दिल्ली विगत केही सातादेखि वायु प्रदुषण बढेपछि कृतिम वर्षा गराउने तयारी भइरहेको छ । दिल्लीमा लाग्ने बाक्लो तुवाँलोसँग दिवाली पर्व मनाउने क्रममा बालिएका दियो, पटाका, आतसवाजी र पटाकाको धुँवाले वायु प्रदुषण बढेको छ ।

केहि दिन पहिलेपनि कृतिम वर्षा गराउने तयारी भएपनि प्राकृतिक वर्षा भएपछि राहत भएको थियो । पुनः वायु प्रदुषणको स्तर बढेपछि घटाउन कृतिम वर्षा गराउने प्रविधिको विकास गर्ने बारे तयारी भइरहेको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।

दिल्ली सरकारको योजना सफल हुन सर्वोच्च अदालतका साथै धेरै संघीय मन्त्रालयको स्वीकृति आवश्यक हुन्छ । अहिले उक्त प्रक्रिया चलिरहेको र स्वीकृती मिलेमा मौसमी अवस्था हेरेर कृतिम वर्षा गराउने योजना यो महिनाको अन्त्यबाट लागू हुनसक्ने बताइएको छ ।

दिल्लीमा वायु प्रदूषणको सम्भावित समाधानको रूपमा कृतिम वर्षा अर्थात् क्लाउड सीडिङको सुझाव दिइएको यो पहिलो पटक भने होइन । केही विज्ञहरूले भने यो प्रविधि जटिल र महँगो भएको बताएका छन् ।

तर दिल्लीको प्रदूषणले सर्वसाधारणको घाँटी नै थिचेर विश्वव्यापी हेडलाइन बनाइरहँदा राजनीतिक नेताहरू समाधानको लागि उदासिन देखिएका छन् । विगत दुई सातामा वायुको गुणस्तर तोकिएको मापदण्डभन्दा १० गुणा खराब भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot