Logo

पूर्वप्रधानमन्त्री क्यामरुन बेलायतको विदेशमन्त्रीमा नियुक्त



काठमाडौं, कार्तिक २८ । पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन बेलायती विदेशमन्त्रीमा नियुक्त भएका छन् । उनलाई बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार विदेशमन्त्रीमा नियुक्त गरेका छन्। ब्रेक्जिट जनमत सङ्ग्रहमा पराजित भएपछि प्रधानमन्त्री पद छाड्नुभन्दा अघि उनी सन् २०१० देखि सन् २०१६ सम्म बेलायतको प्रधानमन्त्री रहेका थिए ।

त्यसैगरी प्रधानमन्त्री सुनकले जेम्स क्लेभर्लीलाई गृहमन्त्रीमा नियुक्त गरेका छन् । यसअघि उनी विदेशमन्त्री थिए । सत्ता सम्हालेको करिब १३ महिनापछि प्रधानमन्त्री सुनकको यो सबैभन्दा ठूलो फेरबदल हो । यसअघि उनले सोमबार विवादास्पद गृहमन्त्री सुएला ब्रेभरम्यानालाई बर्खास्त गरेका थिए । प्रधानमन्त्री सुनकले अर्को वर्ष हुने आम निर्वाचनअघि आफ्नो शीर्ष टोलीमा फेरबदल गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot