काठमाडौं, २८ कार्तिक । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले यसपटकको भाइटीका नलगाउने भएका छन् । यही कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पको कारण ठूलो जनधनको क्षति भएको थियो । त्यही शोकमा उनले यस वर्षको भाइटीका नलगाउने निर्णय गरेका हुन् ।
शर्माले सञ्जालमा लेखेका छन्–
मिति २०८०/०७/१७ गतेको विनाशकारी भुकम्प बाट मुत्यु हुने, घाइते हुने र सम्पत्ती क्षती भै पर्न गएको यस दुःखको घडीमा यस पटकको भाइटीका नलगाउने निर्णय गरेको छु।