Logo

प्रधानमन्त्रीले मेरै अगाडि गलत तथा भ्रमपूर्ण अभिव्यक्ति दिनुभयो : रवि लामिछाने



काठमाडौं, २८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै अगाडि गलत तथा भ्रमपूर्ण अभिव्यक्ति दिएको बताएका छन् । टिकटक बन्द गर्ने सन्दर्भमा आफूले सबै दल (सत्ता र प्रतिपक्ष) सँग सहमति गरेको भनेर आजै प्रधानमन्त्री दाहालले लामिछाने पनि सहभागी भएको कार्यक्रममा दाबी गरेका थिए । प्रधानमन्त्री दाहालको उक्त अभिव्यक्तिलाई लिएर लामिछानेले आपत्ति जनाएका हुन् ।

लामिछानेले फेशबुकमा लेखेका छन्–

प्रधानमन्त्रीज्युले मेरै अगाडि आज एक कार्यक्रममा गलत तथा भ्रमपुर्ण अभिव्यक्ति दिनु भयो। टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता पक्षीय र विपक्षी सबै दलको सहमति र छलफल पछि निर्णयमा पुगेको बताउनु भयो। म लगायत रास्वपा का कुनै नेतासँग यस विषयमा कुनै औपचारिक अनौपचारिक छलफल वा सहमति भएको छैन। छदै छैन। प्रधानमन्त्रीज्युले यो गलत अभिव्यक्ति सच्याउनुहुने छ र कुन कुन दलले सहमति जनाएका हुन् भन्ने स्पष्ट पारिदिनु हुनेछ भन्ने विश्वास लिएको छु।



प्रतिक्रिया दिनुहोस्

Screenshot