Logo

चलचित्र निर्माता संघले भन्यो -‘दिमाग खराब’ टिमले उठाएको मागप्रति हाम्रो पूर्ण ऐक्यबद्धता छ



काठमाडौं,३० कार्तिक । नेपाल चलचित्र  निर्माता संघले शुक्रबारदेखि प्रदर्शनरत चलचित्र दिमाग खराबले उठाएका मागप्रति ऐक्यबद्धता जनाएको छ ।

बिहीबार निर्माता संघका महासचिव सुनिलकुमार थापाले एक विज्ञप्ति जारी गर्दै प्रदर्शकहरूको साझा संगठन नेपाल चलचित्र संघलाई वार्ताको लागि आह्वान गरेका छन् । अन्यथा नेपाली चलचित्र निर्माताको अस्तित्व रक्षार्थ नेपाली र विदेशी लगायतको कुनै पनि भाषाका सिनेमाहरुको प्रदर्शन गर्न नदिने उनको चेतावनी छ ।

दिमाग खराबका निर्माता तथा निर्देशक निश्चल बस्नेतले विदेशी चलचित्र बराबरको शो र आम्दानीको ५० प्रतिशत रकम चलचित्र चल्नेबेलासम्म नै निरन्तर पाउनुपर्ने माग राखेका छन्।

उनले आफूहरुको जायज माग पूरा नभएर शुक्रबारबाट आफ्नो चलचित्र हलबाट उतार्नेसमेत घोषणा गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्