Logo

केपी ओली कपमा सन्दीप लामिछानेले बागमती प्रदेशबाट खेल्ने



काठमाडौं, ३० कार्तिक । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखी पोखरामा हुने केपि ओलि कप टि-२० प्रतियोगिता खेल्ने भएका छन् ।

सन्दिपले बागमती प्रदेशबाट उक्त प्रतियोगिता खेल्ने भएका हुन् । बागमती प्रदेशले २७ खेलाडी बन्द प्रशिक्षणमा बोलाउदा सन्दिप पनि टोलिमा समावेश भएका छ्न् ।

बागमतीले बन्द प्रशिक्षण्मा बोलाएको टोलिमा सन्दिपसँगै राष्ट्रिय टिमबाट खेलिरहको प्रतिश जिसि छन् । त्यस्तै सिनियर टोलिमा परि सकेका सुर्य तामाङ पनि टोलिमा छन् ।

सन्दिपले २०२१ को इपिएलपछि पहिलो पटक घरेलु क्रिकेट खेल्न लागेका हुन् ।

मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा मंसिर ६ देखि १६ गतेसम्म पोखरा रंगशालामा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट उक्त क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमी गरी ११ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने छन् ।

यसअघि गत वर्ष एमाले अध्यक्ष ओलीकै नामबाट केपी ओली कप फुटवलको पनि सुरुवात भइसकेको छ । उक्त प्रतियोगिता यस वषर्नपनि हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot