काठमाडौं,३० कार्तिक । दसैँ सकिएपछि तिहारसम्म काठमाडौं उपत्यकामा विभिन्न ठाउँमा गरेर १ करोड भन्दा धेरैको धनमाल चोरी भएको छ ।
कात्तिक ११ गतेदेखि कात्तिक २९ गते राति नौ बजेसम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा भएका विभिन्न ३७ स्थानमा भएका चोरीको घटनामा उक्त धनमाल लुटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार काठमाडौंका २० ठाउँबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँका धनमाल चोरी भएका छन् । ललितपुरका १० ठाउँबाट २५ लाख ३० हजार ७५० रुपैयाँका धनमाल चोरिएका छन् ।
त्यस्तै भक्तपुरका ७ ठाउँबाट ५० लाख ५६ हजार रुपैयाँका धनमाल चोरी भएको ओ । प्रहरीका अनुसार यी घटनामा संलग्नताको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।