काठमाडौं,१ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणहिटी नरसंहारमा आफ्नो वंश जोगाउन नसक्नेले संस्कारको कुरा गर्न नसुहाउने बताएका छन् ।
शुक्रबार तनहुँको आबुखैरनीमा अस्पताल उद्घाटन गर्दै दाहालले पूर्व राजा ज्ञानेन्द्र शाहको नाम उच्चारण नगरिकनै आफ्नो वंशको विनासलाई रोक्न नसक्नेले संस्कारको कुरा गर्न सुहाउँछ ? भन्दै प्रश्नसमेत गरेका छन् ।
“जसले कहिले कोतपर्व, कहिले भण्डारखालपर्व कहिले नाराणहिटीपर्व हामीले देखेको होइन ? ती मान्छेहरु आजकल संस्कारको कुरा गर्छन् । ती हो संस्कार ? कोतपर्व, भण्डारखालपर्व, नारायणहिटीमा आफ्नै वंश विनाश गर्नेहरु संस्कारका कुरा गर्ने ? लोकतन्त्रवादीहरुलाई, परिवर्तनकारी शक्तिहरुलाई ? ” प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री दाहालले ७० वर्षसम्म त्याग र संघर्ष गरेर ल्याएको उपलब्धिलाई कोही कसैले उल्ट्याउन नसक्ने बताए । ‘७० वर्ष लडेर प्राप्त उपलब्धिलाई एक दुई जना हावा, एकजना नेताले भन्दै हुनुहुन्थ्यो, उहाँले ‘राजनीतिक लफंगा’ भन्नुभयो गणतन्त्रको विरोध गर्नेहरूलाई। अनि उनीहरूले गरेर यो सबै नेपाली जनताले बिर्सन्छ तरु त्यो उल्टिन्छ तरुसम्भव छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।