Logo

मंसिर ७ गतेको एमालेको प्रदर्शनबारे ओलीले भने : हामी जित्नेछौं, एमालेले धेरै कुरा पछारेको छ (भिडिओसहित)



काठमाडौं, २ मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ७ गते युवा संघले काठमाडौंमा गर्ने प्रदर्शनलाई पार्टीले अपनत्व लिएको बताएका छन् । उनले मंसिर ७ गते एमालेले आफ्नो संगठनको तागत देखाउने बताए । उनले एमालेले राणा शासन, तानाशाही, राजतन्त्र सबैलाई पछारेर आएको इतिहास सुनाउँदै आफूहरुले जित्ने दाबी गरे ।

आज (शनिबार) पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,”हामी सरकारलाई चेतावनी दिन चाहन्छौं की आगोसँग नखेल्नु । जनतासँग वैरभाव नगर्नु, यस पार्टीले राणा शाही पछारेरै आएको, पञ्चायती तानाशाही पछारेको हो । धेरै षड्यन्त्रलाई पराजित गरेको छ । हाम्रो सबै जनवर्गीय, पेशागत, सामूदायिक संगठन सबैले मंसिर ७ गते सक्रियताका साथ भाग लिनुपर्छ । पहिले ७ गतेको हाम्रो अभियानको थालनी, राम्रो थालनी भनेको आधा काम सम्पन्न हुनु भन्छन् । हाम्रो थालनी राम्रो हुनेछ । हामी जित्नेछौं । हाम्रो आवाजले जित्नेछ । हाम्रो संघर्षले जित्नेछ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot