Logo

राजलवटद्धारा ५ हजार केजी सयपत्री फूल संकलन, चिया तयार पारेर निःशुल्क वितरण गर्ने



काठमाडौं, २ मंसिर । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले काठमाडौंका विभिन्न ठाउँबाट सयपत्री फूल संकलन गरेका छन् । यस वर्षको तिहारमा सयपत्री फूल बिक्रि नभएर फालिएका थिए । राजलवटले औषधी तयार गर्नेगरि काठमाडौंमा पालिएका पाँच हजार केजी सयपत्री फूल संकलन गरेका छन् । उनले कालीमाटी तथा भृकुटीमण्डपबाट यत्रो परिमाणमा फूल संकलित गरेका हुन् ।

राजलवटले हरेक वर्ष यसरी नै सयपत्री फूल संकलन गर्ने गरेका छन् । कतिपय व्यापारीले भने खुशी साथ फूल दान गरेका थिए । उनले संकलित फूललाई राम्रोसँग घाममा सुकाएर चियाको रुपमा तयार पारिने जनाए । यसको चिया ग्याँष्ट्रिक, अल्सर, माईग्रेन, जोर्नीको समस्या आदिमा उपयोग हुने उनको भनाई छ । आयुर्वेदिक चिकित्सकको परामर्शमा औषधीजन्य चियाको रुपमा यसलाई तयार पारिने उनको भनाई छ । उनले यसरी तयार पारिन चिया भने निःशुल्क वितरण गरिने जनाए ।

उनकाअनुसार सयपत्री फूलको प्रयोग मानव शरीरको जुन स्थानमा हुन्छ त्यो स्थान तथा भागलाई स्वस्थ बनाउँछ । त्यसैले यसको प्रयोग ग्याँष्ट्रिक, अल्सर, आँखा, कान, जोर्नी, माईग्रेन, एन्जाईटी तथा शक्तिवद्र्धकको रुपमा प्रयोग हुँदै आएको छ । उक्त फूल संकलन तथा व्यवस्थापनमा निःशुल्क गुर्जाे सेवाका स्वयमसेवक शोभिता भट्टराई, कलावती भट्टराई, योग गुरु सुरेन्द्र रिमाल तथा किशोर श्रेष्ठले सक्रिय भूमिका निर्वाह गरेका थिए । यस्तै, संकलन कार्यमा हर्क थापाले पनि सघाएका थिए ।



प्रतिक्रिया दिनुहोस्