Logo

आजबाट ओलीका बुवा मोहन प्रसाद ९५ वर्षमा प्रवेश



काठमाडौं, २ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहन प्रसाद ओली आजबाट ९५ वर्षमा प्रवेश गरेका छन् । ओलीले बुवालाई जन्मदिनको अवसरमा शुभकामना दिएका छन् । उनले आफ्नो बुवाले यो उमेरमा पनि राम्रोसँग आँखा देख्ने तर कान भने अलिक कम सुन्ने उल्लेख गरेका छन् । उनले बुवा राम्रोसँग हिँडडुल गर्न सक्ने र स्मरण शक्ति पनि धेरै राम्रो रहेको बताएका छन् ।

उनले बुवालाई जन्मदिनको अवसरमा केही खानेकुरा खुवाउँदै लेखेका छन्-

आजबाट बुबा ९४ वर्ष पूरा गरेर ९५ वर्षमा लाग्नु भयो। यो उमेरमा पनि उहाँ आँखा राम्रोसँग देख्नुहुन्छ, कान अलि कम सुन्नुहुन्छ, राम्रैसँग हिँडडुल गर्न सक्नुहुन्छ, स्मरण शक्ति धेरै राम्रो छ। आज घरमा राधिकाले उहाँको ९५ औं जन्मदिन मनाएर खुशी बाँड्ने व्यवस्था मिलाइन्। जन्मदिनको शुभकामना बुबा !



प्रतिक्रिया दिनुहोस्