काठमाडौं,३ मंसिर । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्मै छन् ।
भारतमा जारी विश्वकपको फाइनल आज दिउँसो २ १५ बजेबाट अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा हुँदैछ।
विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो। बुधबार सम्पन्न खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हराएर १२ वर्षपछि फाइनल पुगेको थियो।
विश्वकपको १३ औं संस्करणसम्म आइपुग्दा अस्ट्रेलिया सर्वाधिक सफल टोली हो। अस्ट्रेलियाले पाँचपल्ट प्रतियोगिताको उपाधि चुमेको छ। यस्तै भारत दुईपल्ट विजेता रहिसकेको छ। सन् २०११ को विश्वकप जितेयता भारतले शीर्ष २ को यात्रा तय गर्न सकेको थिएन। अपराजित रहदै फाइनल खेलेको भारत तेस्रो पटक उपाधि जित्ने लक्ष्यका साथ अगाडि बढेको छ। भारतले सन् १९८३ र २०११ मा र अष्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०११ मा उपाधि जितेको थियो । २००३ को फाइनलमा अष्ट्रेलियासँग भारतले हारेको थियो ।