काठमाडौं,३ मंसिर । दक्षिण अमेरिकी मुलुक निकारागुआकी सेनिस पलासियोस ७२औं मिस युनिभर्स घोषित भएकी छन् ।
एलसाल्भाडोरमा आयोजित ग्राण्ड फिानलेमा अन्य देशका प्रतियोगीलाई पछि पार्दै सेनिसले उपाधि चुमेकी हुन् । सेनिस निकारागुआको लागि मिस युनिभर्सको उपाधि भित्र्याउने पहिलो युवती हुन् ।
३३ वर्षिय उनी पेशाले टेलिभिजन होस्ट हुन् । उनले आमसञ्चारमा स्नातक गरेकी छन् । प्रतियोगितामा थाइल्यान्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर–अप र अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड रनरअप घोषित भए ।