Logo

विश्वकपको फाइनल चलिरहँदा ‘फ्री प्यालेस्टाइन’ लेखेको टिसर्ट लगाएर दर्शक मैदान प्रवेश गरेपछि…



काठमाडौं,३ मंसिर । भारतमा जारी १३औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले उपाधिका लागि भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा भईरहेको छ ।

टस हारेर सुरुवातमा ब्याटिङ गरिरहेको भारतले मध्यम प्रदर्शन गरिरहेको छ । भारत र अष्ट्रेलियाबीचको फाइनल खेल चलिरहँदा अचानक एक दर्शक मैदान प्रवेश गरेका छन् । मैदानमा प्रवश गरेका ती दर्शकले लगाएको टिसर्टमा लेखिएको थियो– फ्री प्यालेस्टाइन ।

हातमा झन्डा समेत लिएर खेल चलिरहेका बेला मैदानमा छिरेका ती दर्शक भारतीय ब्याटर विराट कोहलीको नजिक पुगेका थिए । मैदान प्रवेश गरेको केही क्षणमा सुरक्षाकर्मीले उनलाई समातेका थिए र मैदान बाहिर निकालेका थिए ।

गत अक्टोबर ७ बाट इजरायल र प्यालेस्टाइनबीच द्धन्द्ध जारी रहेको छ । मैदानमा प्रवेश गर्ने समर्थक प्यालेस्टाइनको गाजा क्षेत्रका नागरिक हुन सक्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot