Logo

विश्वकप क्रिकेटको उपाधि जित्न भारतले दियो अस्ट्रेलियालाई २४१ रनको लक्ष्य, राहुल र कोहलीको अर्धशतक



काठमाडौं,३ मंसिर । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि भारतले अस्ट्रेलियालाई २ सय ४१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

अहमबादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको भारतले सामान्य प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन जोड्न सक्यो । भारतका लागि ओपनर तथा कप्तान रोहित शर्माले उत्कृष्ट सुरुवात गराएका थिए । तर उनी ४७ रनमा आउट भएपछि भारतको पाली धर्मरायो । र अस्ट्रेलियासामू निरीह देखिन पुग्यो । रोहितले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाएका थिए । रोहितको अलवा विराट कोहली र केएल राहुलले भारतका लागि अर्धशतकीय पारी खेलका छन् ।

विराटले ६३ बलमा ४ चौका हिर्काउँदै ५४ रन बनाएर आउट भए भने राहुलले १०७ बलमा १ चौका हिर्काउँदै ६३ रनको योगदान दिइ । त्यस्तै सूर्यकुमार यादवले १८ रन बनाउँदा । कुलदीप यादवले १० रन थपे । ओपनार शुभमन गिल ४ रनमा पेभिलियन फर्किँदा श्रेयस लिएर पनि ४ रनमै आउट भए । रविन्द्र जडेजा ९, मोहमद सामी १ रन र जसप्रित बुमराह १ रनमा आउट भए। कुलदिप यादवले अन्तिम बलमा रनआउट हुनुअघि १० रन र मोहमद सिराजले नटआउट ९ रन बनाए।

बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्ट्रिाइकले तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५५ रन खर्चिएका थिए । त्यस्तै पाट कुमिन्स र वोस हाजुल्डले समान २ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले एकएक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्