काठमाडौं, मंसिर ४ । सुदूर पश्चिमको बझाङ केन्द्रबिन्दु भएर आज पुनः भूकम्प गएको छ । जिल्लाको धमेना केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३७ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । विस्तृत विवरण आउन बाँकी छ।