काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरकी पत्नी रोजालिन कार्टरको ९६ वर्षको उमेरमा निधन भएको छ । कार्टर सेन्टरले एक विज्ञप्ति जारी गर्दै परिवारसँग रहेकै बेला उनको निधन भएको पुष्टि गरेको हो ।
शुक्रबार उनलाई जोर्जिया राज्यको एक हेरचाहगृहमा राखिएको थियो । त्यहाँ उनका पति अर्थात् अमेरिकी पूर्वराष्ट्रपति कार्टरलाई गएको फेब्रुअरीदेखि राखिएको छ ।
कार्टरकी पत्नीलाई गएको मे महिनामा डिमेन्सिया भएको पत्ता लागेको थियो ।
जिमी कार्टर सन् १९७७ जनवरी २० देखि १९८१ जनवरी २० सम्म राष्ट्रपति हुँदा उनी अमेरिकाकी प्रथम महिला थिइन् ।