काठमाडौं,४ मंसिर । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट आज हेर्न नभ्याइने भएको छ ।
सर्वोच्चका न्यायाधीश डा कुमार चुडालको एकल इजलासमा पेशी तोकिएको थियो । तर, आजै चुडालसँगै न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलास पनि परेपछि उक्त मुद्दामा आज सुनुवाई नहुने भएको हो ।
कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव खलबलिएको भन्दै टिकटक बन्द गराउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा १० वटा रिट परेको छ ।